नेपाल प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू,
कार्तिक -२०
काठमाडौं - नेपाल प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८३ लागू भएको छ । तिहार, नेपाल संवत् तथा छठ पर्वलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ।
चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएको छ। सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा निगरानी र जाँचलाई तीव्र बनाइएको छ।

