एमाले नेता टोपबहादुर रायमाझी रिहा,
कार्तिक -२६
काठमाडौँ-भुटानी शरणार्थी प्रकरणमा जेलभित्र रहेका एमाले नेता टोपबहादुर रायमाझी थुनामुक्त भएका छन्।
रायमाझी बिहिबार डिल्ली बजार कारागारबाट थुना मुक्त भएका हुन्। रायमाझीलाई काठमाडौँ जिल्ला अदालतले ठगीको अभियोगमा दुई वर्ष कैद र २० हजार जरिवाना संगठित अपराध मुद्दामा तीन वर्ष कैद र ३० हजार जरिवाना ठहर गरेको थियो ।
फरक फरक मुद्दामा फरक फरक सजाय भएपनि आफ्नो उमेर हदका कारण रायमाझी थुनामुक्त भएका हुन् ।

