नेपाली समय:

वि.सं २०८३ मंसिर ६   शनिवार

EnglishEN
एएमआर नियन्त्रणका लागि सबै क्षेत्र बीच सहकार्य आवश्यक,

एएमआर नियन्त्रणका लागि सबै क्षेत्र बीच सहकार्य आवश्यक,

मङ्सिर-४

काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि स्वास्थ्य, कृषि, पशुपन्छी तथा वातावरण क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् ।

विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह (वर्ल्ड एएमआर अवेयरनेस विक–२०२६) का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले एएमआर कुनै एक क्षेत्रको मात्र समस्या नभई मानव स्वास्थ्य, पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग जोडिएको साझा चुनौती भएको बताइन् ।

१० घण्टा पहिले
हाम्रो आवाज