नेपाली समय:

वि.सं २०८१ बैशाख १६   आइतबार

EnglishEN
नेपालगन्ज नेपाल विधुत प्राधिकरण को लापरवाहीले ग्राही मर्कामा

नेपालगन्ज नेपाल विधुत प्राधिकरण को लापरवाहीले ग्राही मर्कामा

जेठ १९, बाँके । नेपाल बिधुत प्राधिकरण नेपालगन्ज बितरण केन्द्र को लापरवाही र मनोपरी ले सेवा ग्राही मर्का मा परेका छन ।

नेपालगन्ज बितरण केन्द्र ले मिटर रिडिंग मा गर्दै आएको गम्भीर लापरवाही र मनोपरी  मिटर रिडिंग ले राप्तीसोनारी गाउँपालिका वडा न.६ की धनसरी घरतिमगर को नाम मा रहेको मिटर प्रत्येक महिना नियमित रूपमा रिडिंग नभएको र वर्ष मा एक पटक वा बितरण केन्द्र को मनोपरी मिटर रिडिंग ले अहिले आफु अत्याधिक आर्थिक चाप मा परेको सम्बन्धित सेवाग्राहीले जनाएका छन ।

२०७८ चैत १२ गते रिडिंग भएको बिद्दुत सेवा को बिल मा साबिक अंक ३२७४ र हाल को अंक ४८५५ मा रिडिंग भएको बिल मा पुनः वर्ष पछि रिडिंग हुँदा साबिक अंक ४८५५ हुनुपर्ने ठाउँ मा  साबिक अंक ३३२० देखि  हालको अंक ९१९६ मा रिंडिंग भएको ले जम्मा रकम ६४३१५.२१ तिर्नुपर्ने भएको ले आफु अत्यधिक आर्थिक चाप मा परेको सम्बन्धित सेवाग्राही ले बताएका छन ।

२०७८ चैत १२ गते रिडिंग भएको बिद्दुत सेवा को बिल मा रहेको हालको अंक ४८५५ एन्ट्री नै नभएको ले यो समस्या देखिएको रिडिंग फांट बाट जानकारी प्राप्त भएको छ ।

वर्ष २०७७/२०७८ मा नियमित रूपमा ऑनलाईन मार्फत बिल भुक्तानि गर्दै आएको ले वर्ष २०७९ को बिलमा भुक्तानि भएको रकम पुनः समायोजन गरिएको ले आफु आर्थिक चाप मा परेको सम्बन्धित सेवा ग्राही ले बताएका छन ।

मिटर रिडिंग मा देखिएको लापरवाही र गैरजिम्मेवारी को विषय लाई लिएर नेपालगन्ज बिधुत कार्यालय को मिटर रिडिंग फांट मा सोधपुछ गर्न जांदा रिडिंग फांट मा रहेका कर्मचारी ले सहजीकरण नगरेको र यसमा आफ्नो कुनै गल्ती नभएको सम्बन्धित सेवाग्राही ले बताएका छन ।

यही बिषय मा आधारित भएर बिधुत प्राधिकरण नेपालगन्ज बितरण केन्द्र का सुचना अधिकारी भवानी चन्द् सँग कुराकानी गर्दा कर्मचारी को अभाव मा मिटर रिडिंग मा कहिलेकांही यस्ता समस्या आउने गरेको बताएका छन ।

२ Jun २०२३ , ९:१४am
हाम्रो आवाज