नेपाली समय:

वि.सं २०८१ बैशाख २२   शनिवार

EnglishEN
नेप्से सूचक २० अंकले घट्यो

नेप्से सूचक २० अंकले घट्यो

साउन ३१, काठमाडौँ । आज फेरि सेयर बजार परिसूचक नेप्से २० अंक माथिले घट्न पुगेको छ । अघिल्लो दिन ३१ अंकले घटेर २ हजार ४५ अंकको विन्दुमा झरेको नेप्से सूचक बुधवार थप २०.३१ अंकले घट्दै २ हजार २५.१२ अंकको विन्दुमा झरेको हो । 

यस्तै आज कारोबार समेत अनपेक्षित खुम्चिँदै १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिन ३१ अंकले नेप्से घटेको बजारमा २ अर्ब माथिको कारोबार भएको थियो । 

आज नेप्से १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । 

१६ Aug २०२३ , ३:१८pm
हाम्रो आवाज