नेपाली समय:

वि.सं २०८१ बैशाख १६   आइतबार

EnglishEN
कान्ति बाल अस्पतालका निर्देशकमाथि छानबिन गर्न सांसद महेश बर्तौलाको माग

कान्ति बाल अस्पतालका निर्देशकमाथि छानबिन गर्न सांसद महेश बर्तौलाको माग

भदौ २१, काठमाडौँ । एमाले सांसद महेश बर्तौलाले कान्ति बाल अस्पतालको लापरबाहीका कारण ५ बर्षीया बालिकाको निधन भएको भन्दै त्यसको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै बर्तौलाले रेजिशा गोपालीको चरम लापरबाहीका कारण मृत्यु भएको भन्दै यो घटनाको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने बताए ।

‘यो घटनाको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्छ कि पर्दैन ?’, प्रश्न गर्दै उनले भने, ‘त्यतिमात्रै होइन स्वास्थ्यमन्त्रीले यो संसदमा आएर यो बताउनुपर्थ्यो । देशभरका अस्पतालमा यस्ता बेथिति भइरहेको आइरहेको छ ।’

उनले सांसदमार्फत सरकारलाई कान्ति बाल अस्पतालका निर्देशक र अस्पताल व्यवस्थापन समितिमाथि अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनले पीडितलाई न्याय दिन र यस्ता घटना दोहोरिन नदिनतर्फ सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै डा.चन्दा कार्कीले पनि सरकारको गैर जिम्मेवारी व्यवहारका कारण रेजिशाको मृत्यु भएको भन्दै निकम्मा सरकारले रेशिजाजस्ता धेरै बिरामीको मृत्यु भइरहेको बताइन् । उनले पनि रेजिशा मृत्यु प्रकरणबारे निष्पक्ष छानबिन माग गरिन् ।

७ Sep २०२३ , २:१३pm
हाम्रो आवाज