नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
सर्लाहीमा युवतीको शव बरामद, ३ जना पक्राउ

सर्लाहीमा युवतीको शव बरामद, ३ जना पक्राउ

असाेज ११, काठमाडौं । प्रहरीले सर्लाहीको रामनगर गाउँपालिका–१ स्थित खैर्वाबाट युवतीको शव बरामद गरेको छ । रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल शाहकी पत्नी २१ वर्षीया मनिषा शाहको शव अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिप्रका सर्लाहीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पंजियारले हाम्राे आवाजलाइ बताए ।

मनिषाको मृत्यु शंकास्पद देखिएपछि त्यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । डिएसपी पंजियारका अनुसार मनिषाको घाँटीमा डाम देखिएको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको छ ।

प्रहरीले मनिषाका पति सुनिल शाह, ससुरा र देवरलाई नियन्त्रणमा लिएको छ । उनिहरुलाई सोधपुछका लागी नियन्त्रणमा लिइएको सर्लाहीका एसपी नरेश सुवेदीले जानकारी दिए ।

२८ Sep २०२३ , १२:४२pm
हाम्रो आवाज