नेपाली समय:

वि.सं २०८१ बैशाख २०   बिहीवार

EnglishEN
नेपाली कांग्रेस बाँकेद्वारा नयाँ वर्ष २०८१ शुभकामना व्यक्त ।

नेपाली कांग्रेस बाँकेद्वारा नयाँ वर्ष २०८१ शुभकामना व्यक्त ।

 

बैशाख -१

बांके- नेपाली कांग्रेस बाँकेले नयाँ वर्ष २०८१ शुभकामना व्यक्त गरेको छ । 

बांके का कार्यबाहक सभापति गोपाल प्रसाद अधिकारीले शुभकामना सन्देश जारी गर्दै नयाँ वर्ष २०८१ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्षले सबैमा नयाँ सोच, उमंग र उत्साह सिर्जना गर्दै सामाजिक र राजनीतिक क्षेत्रमा नयाँ आशाका किरणहरु छर्न सकोस् भन्दै शुभेच्छा प्रकट गरिएको छ । मुलुकले सात दशक लामो संघर्षपछि प्राप्त गरेको संविधानको सफल कार्यान्वयन, जनजिविकाको सवाल र नागरिक अपेक्षाको यथोचित सम्बोधन तथा बेथिति, भ्रष्टाचार, कुशासन र अराजकता अन्त्यको दिशामा नयाँ वर्ष २०८१ अग्रसर बन्न सकोस् भन्ने कामना शुभकामना सन्देशमा उल्लेख गरिएको छ। 

वर्ष २०८० का राम्रा र सबल पक्षहरुको प्रबलीकरण तथा विर्सनलायक घटनाहरूको निर्मूलीकरण गर्दै विकास र समृद्धिको नवीन मार्ग पहिल्याउन नयाँ वर्ष २०८१ सार्थक बनोस् भन्ने सदिच्छा प्रकट गरिएको छ ।

१३ Apr २०२४ , १०:४८am
हाम्रो आवाज