नेपाली समय:

वि.सं २०८१ बैशाख १८   मंगलवार

EnglishEN
अनुसन्धानमा प्रभाव नपार्ने गरी सबै सुचना उपलब्ध गराउने बाँके प्रहरी को प्रतिवद्धता ।

अनुसन्धानमा प्रभाव नपार्ने गरी सबै सुचना उपलब्ध गराउने बाँके प्रहरी को प्रतिवद्धता ।

 

वैशाख -३

बाँके जिल्लाका नयाँ प्रहरी प्रमुख एस.पी तुलबहादुर कार्कीले बाँके प्रहरीलाई अबदेखि मिडियामैत्री बनाउने प्रतिवद्धता जनाएका छन् ।

हाल जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखका रुपमा कार्य भार सम्हालेका एसपी कार्कीले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा पत्रकारहरू सँग गरिएको परिचयात्मक कार्यक्रममा आफ्नो कार्यकाल मिडियामैत्री हुने प्रतिवद्धता व्यक्त गरेका हुन् 

एसपी कार्कीले आफ्नो कार्यकालमा मिडियामैत्री बनाउने बताउँदै प्रहरीसँग भएका सबै सूचना अनुसन्धानमा प्रभाव नपार्ने गरी उपलब्ध गराउने प्रतिवद्धता सञ्चारकर्मीहरु लाई जनाएका छन्।पत्रकारहरुलाई सूचनाको सुरक्षा गर्न आग्रह समेत गरेका छन् । साथै जिल्लामा अपराध नियन्त्रणमा शून्य सहनशिलता अवलम्बन गर्ने दृढता जनाउँदै प्रहरीलाई पूर्ण व्यवसायिक बनाउने बताएका छन्।

१५ Apr २०२४ , ९:५०am
हाम्रो आवाज