नेपाली समय:

वि.सं २०८१ बैशाख २१   शुक्रवार

EnglishEN
कञ्चनपुरमा लागुऔषध मुद्दामा २१६ जना पक्राउ ।

कञ्चनपुरमा लागुऔषध मुद्दामा २१६ जना पक्राउ ।

 

महेन्द्रनगर ३ वैशाख : बिगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा १२ महिलासहित २१६ जनालाई कानूनी कारबाही को प्रक्रियामा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्राप्त जानकारी अनुसार चालु आर्थिक वर्ष २०८०÷९१ को चैत मसान्तसम्म लागुऔषध चरेश र खैरो हिरोइनसहित यहाँ १२ महिला र दुई सय चार पुरुष पक्राउ परेका छन् । उहाँका अनुसार पक्राउ गरिएका अभियुक्तबाट झण्डै तीन सय ग्राम खैरो हिरोइन र सात किलोग्राम चरेशसमेत बरामद गरिएको छ ।

नराम्रो सङ्गतमा परेर लागुऔषध प्रयोग र कारोबारमा लागेको फस्टाएको कंचनपुर प्रहरीले जनाएको छ । प्रहरी सक्रियताले लागुऔषध कारोबारको जालो भत्किँदै छ । स्वयम् नागरिक र अभिभावक पनि यो गम्भीर विषयमा चनाखो हुनुपर्छ ।

१५ Apr २०२४ , १०:०५am
हाम्रो आवाज