नेपाली समय:

वि.सं २०८१ बैशाख २०   बिहीवार

EnglishEN
जिल्ला प्रशासन कार्यालय बाँकेको बजार अनुगमन ! दुई वटा होटल लाई कारबाही।

जिल्ला प्रशासन कार्यालय बाँकेको बजार अनुगमन ! दुई वटा होटल लाई कारबाही।

 

वैशाख -४

बाँके -जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा सरोकारवाला निकायहरु समेतको सहभागितामा बजार अनुगमन गरिएको छ।

बाँकेको राप्ती सोनारी-१ लौकी र चपरगौडी राजमार्ग आसपासमा रहेका ६ वटा  होटल हरूको स्थलगत अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

अनुगमन को क्रममा न्यू मल्ल स्टाफ होटल लाई तत्काल रू १००००/- कारबाही स्वरूप जरिवाना गरी खान नहुने अवस्थामा रहेको चुक, दुधको तर र अबैध सुर्ती गरी रू ३०००/- मूल्य बराबरको सामान जफत गरी नष्ट गरिएको बाँके प्रशासनले जनाएको छ।

यसै गरी जीवन प्रेम खाना तथा  खाजा नास्ता होटललाई तत्काल रू १००००/- जरिवाना गरी रू ३००/- मूल्य बराबरको अबैध सुर्ती जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।    

सोही ठाउँ मा रहेका अन्य ४ वटा होटल लगायत सबैलाई  पकाउने स्थल अनिवार्यरूपमा सुधार गरी सकेसम्म भान्सा पछाडी  सार्न तथा सरसफाई र स्वछ्तामा बिषेश ध्यान दिन निर्देशन समेत दिइएको जनाइएको छ।

                         

१६ Apr २०२४ , २:३२pm
हाम्रो आवाज