नेपाली समय:

वि.सं २०८१ बैशाख २१   शुक्रवार

EnglishEN
बाँकेमा क्रिप्टो करेन्सी मार्फत गैरकानुनी कारोबार गर्ने दुईजना व्यक्ति पक्राउ ।

बाँकेमा क्रिप्टो करेन्सी मार्फत गैरकानुनी कारोबार गर्ने दुईजना व्यक्ति पक्राउ ।

 

 

वैशाख -५ 

नेपालगंज -बाँकेमा क्रिप्टो करेन्सी मार्फत गैरकानुनी रूपमा मुद्रा विनिमय र क्रिप्टोकरेन्सीको कारोबार गर्ने दुईजना व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० बस्ने अमृतकुमार बर्मा र बाँके जानकी गाउँपालिका वडा नम्बर १ बस्ने रियाज खां रहेका छन् ।

पक्राउ परेका दुवै जनालाई बाइनेन्स र बिट गेट मार्फत युएसडिटी क्रिप्टो करेन्सीको दैनिक एक करोड कोअवैध कारोबार गरेको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँके का प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी नारायणडाङ्गीले जनाएका छन् ।

पक्राउ गरिएका दुवै जना नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसुर गरेको देखिएकोले सम्मानित बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बाँके प्रहरी का सूचना अधिकारी डाङ्गीले बताएका छन् ।

१७ Apr २०२४ , ८:१६am
असलम खान