नेपाली समय:

वि.सं २०८१ बैशाख २०   बिहीवार

EnglishEN
आज रामनवमी का दिन बागेश्वरी मन्दिरमा प्रजापतिले १५औँ पटक जिब्रो छेडे ।

आज रामनवमी का दिन बागेश्वरी मन्दिरमा प्रजापतिले १५औँ पटक जिब्रो छेडे ।

नेपालगंज- ५ वैशाखः  आज रामनवमी का दिन हिन्दू धर्म मान्यता अनुसार भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले आज १५औँ पटक जिब्रो छेडेका छन । उहाँले करिब १५ वर्षदेखि निरन्तर बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने गरेको छन । उहाँ जस्तै अन्य भक्तजनले पनि आज यहाँ जिब्रो छेडेर दर्शन गरेका छन् ।

नेपाललगायत भारतका विभिन्न स्थानबाट चैते दसैँ र बिजयादशमीको रामनवमीको अवसरमा बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने धार्मिक मान्यता रहेको छ ।

नवरात्रको व्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा मागेको वर पूरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चल्दै आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले बताउनुभयो । 

महन्थ योगीले देवीको मन्दिरमा पशुवली चढाउने परम्परा रहे पनि केही भक्तजनहरुले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको बताएका छन । 


 

१७ Apr २०२४ , ५:५५pm
हाम्रो आवाज