नेपाली समय:

वि.सं २०८१ बैशाख २०   बिहीवार

EnglishEN
बाँकेको एक जडीबुटी प्रशोधन केन्द्र मा भीषण आगलागी ।

बाँकेको एक जडीबुटी प्रशोधन केन्द्र मा भीषण आगलागी ।

 

बैशाख -६

नेपालगंज-बाँकेमा जानकी गाउँपालिका वडा नं. ६  पिप्रहवास्थित एउटा जडीबुटी प्रशोधन केन्द्रमा आज बिहीबार बिहान आगलागी  भएको छ ।

जानकी गाउँपालिका वडा नं. ६  पिप्रहवास्थित जडीबुटी प्रशोधन केन्द्र को रूपमा बाहुबली हर्बल उद्योग प्रा.लि.को परिसरमा राखिएका सल्लाको दाउरामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम प्रवक्ता डि.एस.पी नारायण डाँगीले जनाएका छन ।

आगो नियन्त्रणमा लिन बांके, बर्दिया र भारतको रुपईडीहा बाट एक गरी कुल ११ वटा दमकल प्रयोग गरिएको बांके प्रहरी का प्रवक्ता डाँगी ले जनाएका छन । शर्ट सरकिट का कारण आगलागी भएको जानकारी प्राप्त भएको छ । उक्त आगलागि बाट कुनै प्रकार को मानवीय क्षती नभएको जनाइएको छ ।

आगलागी नियन्त्रण गर्न प्रहरी, सशस्त्र प्रहरी र सेना समेत परिचालन गरिएको छ ।



 

१८ Apr २०२४ , ११:१३am
हाम्रो आवाज