बाँकेका सामुदायिक वनमा डढेलो ।
नेपालगज- ९ वैशाखः बाँकेका बिभिन्न ठाउँ मा रहेका सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोका कारण वनमा रहेका जीवजन्तु सङ्कटमा परेको सव डिभिजन कार्यालय, शमशेरगंजबाँकेले जनाएको छ ।
खासगरी जिल्लाको राप्तीसोनारी गाउँपालिका, डुडूवा गाउँपालिका, बैजानाथ गाउँपालिका र कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको जनाइएको छ । अहिलेसम्म जिल्लाको ६३ सामुदायिक वनको एक सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको बताइएको छ ।
उहाँले दिउँसो घाम र तातो हावा चलेकाले शनिबार राति मात्रै डढेलो नियन्त्रणमा लिइएको बताउनुभयो । चक्ला वन क्षेत्रको पाँच सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको उल्लेख गर्दै गतवर्ष भन्दा यसवर्ष धेरै सुक्खा भएकाले डढेलो फैलिएको बताइएको छ ।