नेपाली समय:

वि.सं २०८१ बैशाख २२   शनिवार

EnglishEN
नेपालगंजमा अनलाइनमाध्यम बाट सट्टेबाजी जुवा खेलाउने १५ जना पक्राउ ।

नेपालगंजमा अनलाइनमाध्यम बाट सट्टेबाजी जुवा खेलाउने १५ जना पक्राउ ।

 

वैशाख- ९

बाँके -नेपालगञ्जमा अनलाइन सट्टेबाजी जुवा  खेलाउने १५ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोजी स्थित अय्यूब हल्वाई को घरमा फ्लाइट भाँडामा लिई बस्दै आएका १५ जना जुवामा संलग्न व्यक्तिलाई उक्त सट्टेबाजी जुवामा प्रयोग भएका डिजिटल उपकरण हरू सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवंम सूचना अधिकारी नारायण डाँगी ले जनाएका छन्।

पक्राउ पर्नेमा जिल्ला बर्दिया गुलरिया नगरपालिका ६ बस्ने वर्ष ३८ को विराज पौडेल, कोही ठाउँ बस्ने सास्वन पाठक, जिल्ला बाँके खजुरा गाउँपालिका १ बस्ने वर्ष ३८ को ईश्वर राणा , सोही ठाउँ बस्ने वर्ष ३७ को टोपबहादुर थापा, जिल्ला मोरङ मिक्लाजुङ गाउँपालिका ६ बस्ने वर्ष २५ को इसाक लिम्बु, सोही ठाउँ बस्ने यसको स्वदेश राई, मोरङ जिल्ला मिक्लाजुङ्ग गाउँपालिका १ बस्ने वर्ष २२ को रोशन दनुवार, खोटाङ जिल्ला ऐसेलोखर्क गाउँपालिका ६ बस्ने वर्ष २७ को प्रवीण राई, इलाम जिल्ला इलाम नगरपालिका ९ बस्ने वर्ष ३३ को परशुराम दर्जी, सिराहा जिल्ला सिराहा नगरपालिका ७ बस्ने वर्ष २३ को राकेशकुमार यादव, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १४ बस्ने वर्ष ३१ को सुरेन्द्र चौधरी, उदयपुर जिल्ला चाङ डिग्डी नगरपालिका ८ बस्ने वर्ष ३२ को भास्कर मगर, रुकुम पश्चिम आठबिस्कोट नगरपालिका ९ बस्ने वर्ष २६ को दिपेन्द्र केसी, गोर्खा जिल्ला हजुरकोट गाउँपालिका ४ बस्ने वर्ष २९ को रूपक कोइराला, पर्वत जिल्ला त्रिवेणी गाउँपालिका २ बस्ने वर्ष ३५ को सुन्दर राणा लगायत १५ जना व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताएका छन्।

२१ Apr २०२४ , ३:४४pm
हाम्रो आवाज