नेपाली समय:

वि.सं २०८१ बैशाख २२   शनिवार

EnglishEN
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु ।

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु ।

 

रासस :

मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा  १० जनाको मृत्यु भएको छ । 

फ्लाईपास्ट रिहर्सलका क्रममा हेलिकप्टरहरू लुमुट रोयल मलेसियन नेवी बेसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको रोयल मलेसियन नेवीले विज्ञप्तिमा उल्लेख गरेको छ । दुर्घटनाग्रस्त एउटा हेलिकप्टरमा सात अर्कोमा तीन जना सवार थिए ।

सबैको घटनास्थलमै मृत्यु भएको र पहिचानका लागि शवलाई लुमुट आधार अस्पतालमा लगिएको छ”, विज्ञप्तिमा भनिएको छ, पीडितहरूको भिडियो र फोटोहरू नफैल्याउन आग्रह गरिएको छ ।

२३ Apr २०२४ , ३:०१pm
हाम्रो आवाज