नेपाली समय:

वि.सं २०८१ बैशाख २२   शनिवार

EnglishEN
बांके प्रहरी द्वारा अबैध भन्सार छलिको सामान बरामद ।

बांके प्रहरी द्वारा अबैध भन्सार छलिको सामान बरामद ।

 

बैशाख-१२

नेपालगंज-बांके प्रहरी द्वारा अबैध रूपमा भन्सार छलेर ल्याइएको सामान बरामद गरिएको छ।

 

जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१६ जयसपुर स्थित जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा भारत बाट भन्सार छलि,चोरी, पैठारी गरी ल्याई थुपारी राखेका बच्चाको जुत्ता १६८,लेडिज मोजा २,०००,बच्चाको चप्पल ३२४,

छालाको बेल्ड ४०२ पिस,पर्दा कपडा २०० मिटर र  रेफ्रीजिरेटर गैस ५० पिस लगायत का विभिन्न्न सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।

 

बरामद गरिएका सामान को मुल्य अन्दाजी मुल्य रु.४,४६,८००।–(चारलाख छयालिस हजार आठ सय) रहेको छ ।बरामद भएका उक्त सामान हरू आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको बांके प्रहरीले जनाएको छ।

२४ Apr २०२४ , २:१२pm
हाम्रो आवाज