नेपाली समय:

वि.सं २०८१ बैशाख २३   आइतबार

EnglishEN
नेपालगंज मा वेवारिशे अवस्थामा शव फेला ।

नेपालगंज मा वेवारिशे अवस्थामा शव फेला ।

 

बैशाख -१३

बांके- नेपालगंज मा वेवारिशे अवस्थामा शव फेला परेको छ । नेपालगंज वडा न १ स्थित धम्बोझि खजुरा सडक खण्डको नालिमा कालो पैन्ट र सट लगाएको, उचाई ५.५, वर्ष अं.४०/४२ को वर्ण कलसाउदो, नाम,थर र वतन नखुलेको पुरूष व्यक्ति फेला पारिएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।

 

मृत अवस्थामा फेला परेका उक्त व्यक्ति लाई प्रारम्भिक अनुसन्धान पश्चात हाल भेरी अस्पताल नेपालगंजको शव गृहमा राखिएकोले उक्त मृतक व्यक्तिलाई चिन्नु हुने मानिसहरुले यस जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पर्क गर्न आग्रह समेत जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको छ ।

२५ Apr २०२४ , १२:३३pm
हाम्रो आवाज