नेपाली समय:

वि.सं २०८१ जेठ ५   शनिवार

EnglishEN
यू-टयूब हेरेर बनाएको घरेलु हतियार पड्कदा बांके मा एक जना घाइते ।

यू-टयूब हेरेर बनाएको घरेलु हतियार पड्कदा बांके मा एक जना घाइते ।

 

बैशाख- १६

बांके- यू-टयूब हेरेर बनाएको घरेलु हतियार पड्कदा बांके को राप्ती सोनारी गाउँ पालिका का एक जना घाइते भएका छन।घाइते हुनेमा बाँके राप्तिसोनारी गा.पा.५ चाचरफर्का बस्ने बर्ष १६ को सचिन थारु रहेका छन ।

सचिन थारुले यू ट्यूब हेरी काठ र फलामको घरेलु कटुवा पेस्तोल जस्तो देखीने हतियार बनाई आफ्नै पाईन्ट पछाडिको गोजिमा राखेको र गोजिबाट निकाल्ने क्रममा पड्कन गएको जिल्ला प्रहरी कार्यालय बांके का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताएका छन ।

उक्त पेस्तोल पडकंदा थारू को दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा गाडिन गई घाईते भएको बांके प्रहरी का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताएका छन ।

२८ Apr २०२४ , २:२८pm
हाम्रो आवाज