नेपाली समय:

वि.सं २०८१ जेठ ५   शनिवार

EnglishEN
मनोपरी शुल्क असुल गर्ने निजी बिद्यालय लाई कारबाही गरिने-नेपालगंज उपमहानगरपालिका ।

मनोपरी शुल्क असुल गर्ने निजी बिद्यालय लाई कारबाही गरिने-नेपालगंज उपमहानगरपालिका ।

 

बैशाख -१६

नेपालगंज उपमहानगरपालिकाले  निजी संस्थागत विद्यालयलाई शुल्क सम्बन्धि मापदण्ड कडाईका साथ पालना गर्न ११ बुँदे निर्देशन दिएको छ ।

संस्थागत विद्यालयले मनोपरी तरीकाले असुल्दै आएको शुल्क सम्बन्ध मा संस्थागत बिद्यालय का प्रधानाध्यापक एवम् प्रतिनिधिहरुसंग शुल्क सम्बन्धि मापदण्ड कार्यान्वयनका लागि आइतबार आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख विष्टले कडा   निर्देशन दिएका छन्  ।

निर्देशन दिदै उनले तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा सम्बन्धित संस्थागत विद्यालयलाई ५० हजार रुपैयाँ जरिवाना गरिने प्रमुख विष्टले बताएका छन। 

नेपालगंज उपमहानगरपालिकाले निजी विद्यालयलाई बर्गीकरण गरेर शुल्क निर्धारण गरिसकेको छ । 

 

२८ Apr २०२४ , ९:४१pm
हाम्रो आवाज