नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
३० हजार घुस लिएको आरोपमा सई खिम बहादुर खड्का विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर,

३० हजार घुस लिएको आरोपमा सई खिम बहादुर खड्का विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर,

वैशाख- १६

रुपन्देही - रुपन्देही दुर्गौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्का लाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको छ ।

 

भारतबाट भन्सार छली गरेर घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले खड्कालाई घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो।

 

आयोगका अनुसार सई खड्काले सेवाग्राहीसँग रु. ३०,००० (तीस हजार रुपैयाँ) लिएको बताइएको छ। अनुसन्धानपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुरमा मुद्दा चलाइएको हो।

 

उक्त ऐनको दफा ३ को उपदफा १ बमोजिम कैद र सजायको माग गर्दै आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

 

 

२९ Apr २०२५ , ५:३३pm
हाम्रो आवाज