नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
अदालतको अवहेलनामा सर्वोच्चले माग्यो गगन थापासँग लिखित जवाफ,

अदालतको अवहेलनामा सर्वोच्चले माग्यो गगन थापासँग लिखित जवाफ,

वैशाख- १६

 

काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्र‍ेसका महामन्त्री गगन थापासँग अदालतको अवहेलनामा लिखित जवाफ माग गरेको छ।

 

अदालतको अवहेलनामा गरेको भन्दै थापाविरुद्ध परेको मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासले महामन्त्री थापासँग लिखित जवाफ मागेको हो।

सामाजिक सञ्जालमा पछ्याउनुहोस् ।

 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा नियुक्त गरेका विवादित ५२ पदाधिकारीविरुद्धको रिटको सुनुवाइमा सर्वोच्चले ‘डिल गरेको’ गरेको भन्ने थापाको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको थियो ।अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले मुद्दा दर्ता गरेका थिए।

२९ Apr २०२५ , ६:२१pm
हाम्रो आवाज