नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
सरकार र शिक्षक बीच को वार्ता सहमति नजिक, अन्तिम रूप दिने तयारी,

सरकार र शिक्षक बीच को वार्ता सहमति नजिक, अन्तिम रूप दिने तयारी,

बैशाख -१७

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ । मंगलबार अबेर रातिसम्म चलेको वार्ता सहमति नजिक पुगेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी दिए । 

शिक्षकसँगको वार्ता छिटो टुङ्गो लगाउन लागिएको उनले बताए । ‘हामी शिक्षकहरूसँग वार्तामा छौं। वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छ', उनले भने,  'सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउन प्रयत्न गर्छौँ ।’ 

शिक्षामन्त्री पन्त र महासंघका पदाधिकारीबीचको वार्ता मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो ।

३० Apr २०२५ , ७:१६am
हाम्रो आवाज