
भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्यु प्रकरण राज्य सरकारद्वारा छानबिन सुरु,
वैशाख -१९
भारतको ओडिशा राज्यस्थित केआईआईटी (कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्युको घटनापछि राज्य सरकारले छानबिन थालेको छ।
कम्प्युटर साइन्स विषयमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत उक्त छात्राले आत्महत्या गरेको आशंकासहितको सूचना बिहीबार साँझ ८ः१० बजे स्थानीय प्रहरीले दिएसँगै छानबिन थालिएको राज्य सरकारको भनाइ छ ।