नेपाली समय:

वि.सं २०८२ जेठ १९   आइतबार

EnglishEN
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त,

राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त,

बैशाख-७

काठमाडौँ - नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा.विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा उनलाई नियुक्ति गर्ने निर्णय गरिएको थियो ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी गराएका छन ।

२१ May २०२५ , १२:०६pm
हाम्रो आवाज