
रास्वपा द्वारा आज पनि संसद अवरोध जारी,
असार- २
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद अवरोध जारी राखेका छन् ।
आज प्रतिनिधिसभा बैठकमा दुबै दलका सांसदहरुले नाराबाजीसहित बेल घेराउ गरे ।
सभामुख देवराज घिमिरेले बिना अवरोध सभा सञ्चालन गर्ने वातावरण तयार गर्न आग्रह गर्दै दुवै दलका नेतालाई कुरा राख्न तीन मिनेट समय दिएका थिए ।
राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाबाट प्रमुख सचेतक सन्तोष परियारले बोले । तर, त्यसपछि पनि नाराबाजी जारी राखेका छन् ।