
काठमाडौँबाट नेपालगञ्ज आउँदै गरेको यात्रु बस खोलाले बगायो,
असार-६
काठमाडौँ - काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको यात्रु बस पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले बगाएको छ।
३८ जना यात्रु सवार भे १ ख ४०८५ नम्बरको बस गएराति करिब ११ बजेतिर बाढीले बगाएको हो।
बस बाढीले बगाए पनि त्यसमा सवार सबै ३८ जना यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।