
प्रहरी जवान पदका लागि भर्ना खुल्यो,
असार ६,
काठमाडौं- नेपाल प्रहरीले प्रहरी जवान पदपूर्तिका लागि ठूलो सङ्ख्यामा भर्ना खुलेको जनाएको छ।प्रहरी जवान पदमा अब १ हजार ८४२ जनाको नया भर्तीका लागि खुला गरिएको जनाएको हो।
मानवस्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले बिहीवार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार अब खुला प्रतिस्पर्धाबाट ९९३ जना छनोट गरिनेछन्। यस्तै, समावेशी कोटामा आदिवासी/जनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० र अमर तथा अशक्त प्रहरी परिवारका लागि ३७ पद छुट्याइएको छ।