
चितवनमा बस र माइक्रोबस ठोक्किँदा ७ जनाको मृत्यु,
असार -७
चितवन -पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवामा बस र माइक्रो बस ठोक्किँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको इभी माइक्रो बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
ज्यान गुमाउनेमा मकवानपुर हटिया-३ का ५५ वर्षका सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका-५ का ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन्। पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।अन्य मृतकको सनाखत हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ।।