
अमेरिकी आक्रमणप्रति इरानको प्रतिक्रिया-खतरनाक युद्धको सुरुवात भयो,
असार-८
काठमाडौं । इरानमाथि अमेरिकाले गरेको आक्रमणले अमेरिकाले 'खतरनाक युद्ध'को सुरुवात गरेको इरानले प्रतिक्रिया दिएको छ । इरानको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा अमेरिकी आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएको छ ।
“कूटनीतिक प्रक्रियाका बीच अमेरिकाले कूटनीतिलाई धोका दिएको कुरा बिर्सनुहुँदैन,” इरानको परराष्ट्र मन्त्रालयले भनेको छ ।
वक्तव्यमा इजरायललाई 'नरसंहारकारी' र 'कानुनविहीन' राष्ट्रको रूपमा व्याख्या गरिएको छ ।
“यस आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको छ । अमेरिकी सरकारले यो जघन्य अपराधको गम्भीर परिणाम तथा भयानक प्रभावका लागि पूर्ण जिम्मेवारी बहन गर्नुपर्छ,” वक्तव्यमा भनिएको छ ।