
सरकार मनसुनजन्य बिपद जोखिम न्यूनीकरणका लागि तैयारी अवस्थामा छ - गृहमन्त्री लेखक,
असार-१२
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सरोकारवाला निकायहरुसँग छलफल भएको छ ।
बिहीबार समितिको बैठकमा नेपालमा मनसुनजन्य विपद्बबाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि सबै सरोकारवाला निकायहरुसँग छलफल भएको हो ।
सोही क्रममा गृहमन्त्री रमेश लेखकले विपद् पूर्व तयारीको लागि सरकारले देशभरका प्रहरीहरुसँग छलफल, सशस्त्र प्रहरी बल, नेपाली सेनालाई तयारी अवस्थामा रहेको भन्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा समिति सबैलाई तयारी अवस्थामा रहन निर्देशन गरेको बताए ।