
जसपा नेपालद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता,
असार-१३
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीको तर्फबाट प्रदेशसभा सदस्य रहेकी अम्बिका काफ्लेले केन्द्रको निर्देशनमा समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन ।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराएकी हुन् ।