
भारतको उत्तराखण्ड राज्यमा पहिरो जाँदा ९ जना कामदारको मृत्यु,
असार- १५
भारतको उत्तराखण्ड राज्यमा पहिरो जाँदा ९ जना मजदुरले ज्यान गुमाएका छन् । भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको सिलई बाँध नजिकै पहिरो जाँदा ९ जना मजदुरको मृत्यु भएको उत्तरकाशी प्रहरीले जानकारी दिएको हो।
प्रहरीले थप भन्यो, 'प्रहरी, एसडीआरएफ, एनएच बारकोट, स्वास्थ्य विभाग आदिको टोलीद्वारा राहत र खोज-उद्धार कार्य भइरहेको छ।'