नेपाली समय:

वि.सं २०८२ आषाढ १९   बिहीवार

EnglishEN
गवर्नर पौडेल विरुद्धको रिट निवेदनमा आज पनि सुनवाई नहुने,

गवर्नर पौडेल विरुद्धको रिट निवेदनमा आज पनि सुनवाई नहुने,

असार-१७

काठमाडौँ - गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेशको सुनुवाइ आज पनि नहुने भएको छ।

सर्वाेच्च अदालतमा न्यायाधीशद्वय हरि प्रसाद फुयाल र टेक प्रसाद ढुंगानाको इजलासमा सुनुवाइ तोकिए पनि हेर्न नमिल्ने भएको हो। 

न्यायाधीशद्वय फुयाल र ढुंगानाको इजलासमा तेस्रो नम्बरमा सुनुवाइ तोकिएको थियो।

तर फुयालको पूर्वसहकर्मी कानुन व्यवसायीको वकालतनामा परेको कारण हेर्न नमिल्ने भएको कानुन व्यवसायीहरुले बताएका छन्।

१ Jul २०२५ , २:४६pm
हाम्रो आवाज