
युरोपेली सङ्घद्वारा रूसमाथि नयाँ तथा व्यापक प्रतिबन्ध को घोषणा,
साउन -३
काठमाडौं । युरोपेली संघ (ईयू)ले शुक्रबार रुस–युक्रेन युद्धका कारण रूसमाथि नयाँ तथा व्यापक प्रतिबन्धहरूको प्याकेज पारित गरेको छ । यसले तेल निर्यातको मूल्यलाई सीमामा राख्दै मस्कोमाथि थप आर्थिक दबाब बढाउन खोजेको हो ।
रोयटर्सका अनुसार, यो रूसविरुद्धको १८औँ चरणको प्रतिबन्ध हो जुन सन् २०२२ मा आक्रमण भएपछि लागु गरिएको हो ।
ईयूको विदेश नीति प्रमुख काजा कालासले भनिन्, “ईयूले हालसम्मको सबैभन्दा कडा प्रतिबन्ध प्याकेजलाई स्वीकृत गरेको छ ।” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिबन्धहरूको स्वीकृति आवश्यक र समयसापेक्ष रहेको भन्दै प्रशंसा गरेका छन् ।