नेपाली समय:

वि.सं २०८२ भाद्र ७   शनिवार

EnglishEN
चिलीको अन्टार्कटिका क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प,

चिलीको अन्टार्कटिका क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प,

भदौ-६

 

चिलीको अन्टार्कटिका क्षेत्र र दक्षिणी ड्रेक प्यासेजमा बिहीबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ ।  भूकम्प साँझ १०ः१६ बजे (०२१६ जिएमटी शुक्रबार) करिब ६.७ माइल (१०.८ किलोमिटर) गहिराइमा गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ ।

 

यस भुकम्पबाट सुनामीको कुनै खतरा नभएको बताइएको छ । ड्रेक प्यासेज दक्षिण अमेरिका र अन्टार्कटिकाबीच  फैलिएको पाँच सय माइल फराकिलो अशान्त जलडमरूमध्य हो । यसले एटलान्टिक र प्रशान्त महासागरलाई जोड्छ । राष्ट्रिय सुनामी चेतावनी केन्द्रले पनि सुनामी आउने सम्भावना नभएको पुष्टि गरेको छ ।

२३ घण्टा पहिले
हाम्रो आवाज