नेपाली समय:

वि.सं २०८२ भाद्र ७   शनिवार

EnglishEN
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता पक्राउ,

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता पक्राउ,

भदौ-६

भैरहवा - रूपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पक्राउ गरेको छ।

चितवनको कालिका नगरपालिका–५ का कँडेललाई बिहीबार चितवनबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

गत साउन ३० गते रूपन्देहीको बेलहियामा ठूलो परिमाणमा विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्रसहित भारतीय युवक अभिषेक यादव पक्राउ परेका थिए। अनुसन्धानक्रममा कँडेलको समेत संलग्नता देखिपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

२२ घण्टा पहिले
हाम्रो आवाज