नेपाली समय:

वि.सं २०८२ आश्विन ३   शुक्रवार

EnglishEN
जनमतपार्टीका ६ जना केन्द्रीय नेताले दिए सामूहिक राजीनामा,

जनमतपार्टीका ६ जना केन्द्रीय नेताले दिए सामूहिक राजीनामा,

असोज -२

काठमाडौँ- जनमत पार्टीभित्र आन्तरिक विवाद चुलिँदै गएपछि पार्टीका ६ जना केन्द्रीय नेताले सामूहिक राजीनामा दिएका छन्।

 

हिजो मात्र पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका ती नेताहरूले बिहीबार साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन्।

 

पार्टी छोड्ने नेतामा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम रहेका छन्।

२० घण्टा पहिले
हाम्रो आवाज