
अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या,
असोज-२
एजेन्सी -अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या गरिएकाे छ। त्यहाँको समयअनुसार बुधबार दिउँसो २ बजे पेन्सिलभेनिया राज्यको उत्तरी कोडोरस टाउनशिपको योर्क काउन्टी स्थित एउटा स्कुल नजिकै गोली हानेर तीन जनाको हत्या भएको हो।
घटनामा दुई प्रहरी गम्भीर घाइते भएको पनि बिबिसीले जनाएको छ। गोली चलाउने व्यक्ति र घटनाबारे प्रहरीले विस्तृत खुलासा नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।