नेपाली समय:

वि.सं २०८२ आश्विन २८   मंगलवार

EnglishEN
भेरी नगरपालिकाका ७ जना कर्मचारी विरुद्ध अख्तियारद्वारा मुद्दा दायर,

भेरी नगरपालिकाका ७ जना कर्मचारी विरुद्ध अख्तियारद्वारा मुद्दा दायर,

असोज- २७

काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित ७ जना र निर्माण सेवा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

'कारागार रानागाउँ नेटीबजार सडक' निर्माणमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरूविरुद्ध ८१ लाख ५३ हजार ६३० रुपैयाँ ५१ पैसा बिगो कायम गरिएको छ ।

१ दिन पहिले
हाम्रो आवाज