
विपिन जोशी सहित चार जनाको शव हमासद्वारा इजरायललाई हस्तान्तरण,
असोज-२८
एजेन्सी- गाजामा बन्धक बनाइएका नेपाली विपिन जोशीको शव हमासले इजरायललाई सुम्पेको छ।
सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो।
टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले रेडक्रसमार्फत विपिनसहित चार जनाको शव प्राप्त भएको पुष्टि गरेको हो। विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको इजरायली सेनाले जनाएको छ।