
युद्धविराम लागू भएपनि गाजापट्टीमा इजराइलको आक्रमण जारी,
असोज -
एजेन्सी - युद्धविराम लागू भएपछि इजरायली सेनाको आक्रमणमा गाजामा हालसम्म २८ जनाप्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
इजरायल र हमासबिच युद्धविराम लागू भए पनि युद्धविरामको उल्लङ्घन गरेको आरोप प्रत्यारोप हुँदै आएको छ। आक्रमण जारी रहँदा गाजाको अवस्था तनावपूर्ण बनेको छ।
गाजा सहरको जेइटौनमा पहेँलो रेखा पार गरेको आरोपमा इजरायली सेनाले एउटा सवारी साधनमाथि आक्रमण गर्दा एकै परिवारका ११ सदस्यको मृत्यु भएको अल जजीराले लेखेको छ। यसैबिच उत्तरी गाजामा थप आक्रमणमा धेरै प्यालेस्टिनी मारिनुका साथै धेरै घाइते छन्।