
राष्ट्रपति र सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा आगामी निर्वाचनको बारेमा छलफल,
असोज -१
काठमाडौँ-राष्ट्रपति शीतल निवासमा सुरक्षा निकायका प्रमुख हरूसँग आगामी निर्वाचनको बारेमा केन्द्रित रही आज छलफल भएको छ।
सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शनिवार बसेको सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक उनीहरुले सो कुरा बताएका हुन् ।
बैठकमा निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित रहेर छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।