
पाल्पामा कुटपिटबाट एक महिलाको मृत्यु,
कार्तिक-४
पाल्पा जिल्लाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ। गएराति १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन्।
विश्वकर्माको कुटपिटबाट फूलमायाका श्रीमान् ८२ वर्षीय प्रेमबहादुर जिसी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी गराएका छन्।