नेपाली समय:

वि.सं २०८२ कार्तिक ८   शुक्रवार

EnglishEN
रूसका दुई ठूला तेल कम्पनीहरू माथि अमेरिकी प्रतिबन्ध,

रूसका दुई ठूला तेल कम्पनीहरू माथि अमेरिकी प्रतिबन्ध,

कार्तिक-६

एजेन्सी-युक्रेनमा शान्ति सम्झौताको लागि रूसलाई दबाब दिने प्रयासमा अमेरिकाले रूसका दुई ठूला तेल कम्पनीहरू रोसनेफ्ट र लुकोइललाई लक्षित गरी नयाँ प्रतिबन्धको घोषणा गरेको छ । युक्रेनमा शान्ति सम्झौताका लागि रूसमाथि आवश्यक दबाब बढाउन ती दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध लगाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले पुटिन शान्ति स्थापनामा गम्भीर नभएको भन्दै असन्तुष्टी समेत जनाउनुभएको छ । अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले यी तेल कम्पनीहरूले क्रेमलिनको ‘युद्ध मेसिन’ लाई आर्थिक सहयोग गरिरहेको आरोप समेत लगाउनुभएको बीबीसीले जनाएको छ । नयाँ प्रतिबन्ध ट्रम्प र पुटिनबीच बुडापेस्टमा हुने भनिएको वार्ता अन्तिम समयमा स्थगित भएपछि आएको हो ।

१ दिन पहिले
हाम्रो आवाज