नेपाली समय:

वि.सं २०८२ मंसिर १३   शुक्रवार

EnglishEN
एनपीएल क्रिकेट अपडेट- सुदूरपश्चिम रोयल्सले लगातार चौथो जीत,

एनपीएल क्रिकेट अपडेट- सुदूरपश्चिम रोयल्सले लगातार चौथो जीत,

 

मङ्सिर-११

 

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जीत हासिल गरेको छ । आज भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले हरायो ।

 

लुम्बिनीले दिएको १ सय ४४ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १८ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका विनोद भण्डारीले नटआउट ६९, आरिफ शेखले ३९ रन बनाए ।

 

लुम्बिनीका रुबेन ट्रम्पेलमान, अभिशेष गौतम र तिलक भण्डारीले १/१ विकेट लिए ।

२२ घण्टा पहिले
हाम्रो आवाज