नेपाली समय:

वि.सं २०८२ पौष १   मंगलवार

EnglishEN
सिन्धुली-रामेछाप बेली ब्रिज (फलामे पुल) जडान सुरु,

सिन्धुली-रामेछाप बेली ब्रिज (फलामे पुल) जडान सुरु,

मङ्सिर-१८

 

रामेछाप-सिन्धुली र रामेछापको सीमा रहेको सुनकोसी नदीको खैरेनीघाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ।

 

गत वर्षको असोजमा रोशीखोला र सुनकोसीमा आएको बाढीले नेपालथोकनजिक खैरेनीघाटको पक्की पुललाई क्षति पुर्याएपछि बेली ब्रिज जडान गर्न लागिएको हो। यहाँ ७० मिटर लम्बाइ भएको बेली ब्रिज जडान हुनेछ। सिंगल लेन पुलको भार वहन क्षमता २० टन छ।

 

विपद्‌बाट क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि सरकारको अनुरोधमा भारतले उक्त बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो। भारतले अनुदानमा उपलब्ध गराएका १० बेली ब्रिजमध्ये एउटा खैरेनीघाटमा जडान गर्न लागिएको हो।

४ Dec २०२५ , ३:२२pm
हाम्रो आवाज