अमेरिकी सेनाद्वारा भेनेजुएलाको तेल ट्यांकर नियन्त्रणमा,
मंसिर -२५
एजेन्सी- अमेरिकी सेनाले भेनेजुएलाको तट नजिक एक विशाल तेल ट्यांकर नियन्त्रणमा लिएको छ । यो कदमबाट अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोको सरकारमाथि दबाब झनै कडा बनाएको संकेत देखिएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै भेनेजुएला तट नजिकै एउटा ठूलो तेल ट्यांकर कब्जा गरेको बताउनुभयो । बीबीसीले सार्वजनिक गरेको भिडियोमा सैनिकहरू हवाई मार्गबाट डोरी प्रयोग गर्दै ट्यांकरमा झर्दै गरेको देखिन्छ । यो ट्यांकर भेनेजुएला र इरानको प्रतिबन्धित तेल ढुवानीमा संलग्न भएको अमेरिकी दाबी छ ।

