भोलि शनिबारदेखि नेकपा एमालेको ११ औँ महाधिवेशन सुरु हुने- तयारी अन्तिम चरणमा,
मङ्सिर-२६
काठमाडौँ- हुने नेकपा (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ भोलि अर्थात् शनिबार उद्घाटन हुने ११औं महाधिवेशन को तयारी पुरा भएको बताइएको छ ।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उद्घाटन सत्र सल्लाघारीमा हुने भएको हो ।
देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले उद्घाटन स्थल अवलोकन, तथा पार्टी कार्यालयमा भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । भोलि उद्घाटन हुने एघारौँ महाधिवेशनको सबै तयारी लगभग पुरा भइसकेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

